देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनुपर्छ भन्ने लाग्दैन–गगन थापा
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । फागुन २८ गते
गठबन्धनबिना नै कांग्रेसले आउँदो स्थानीय निर्वाचनमा ४५ लाख भोट ल्याउने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाबी गर्नु भएको छ । चितवनमा आयोजित एक कार्यक्रममा थापाले देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिननपर्ने बताउनु भएको छ।

उहाँले कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रममा थापालगायत अन्य केन्द्रीय र जिल्ला तहका नेताले पनि गठबन्धन नगर्न सभापति शेरबहादुर देउवासँग आग्रह गर्नु भएको थियो । महामन्त्री थापाले रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नुपर्छ भन्नेतर्फ लागे आफुहरुको तागतमा ठूलो ह्रास आउँने जिकिर गर्नु भएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि