Trending

भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रिया अघि बढाइएको विश्वप्रकाश शर्माको भनाई

670Views
0 Shares

काठमाडौं । माघ १८ गते
नेविसंघ लगायतका पार्टीका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टीभित्र छलफल भइरहेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताउनु भएको छ । महामन्त्री शर्माले नेविसंघ लगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको पनि बताउनु भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेर नेविसंघका विद्यार्थी नेताहरुसँग कुरा गर्दै उहाँले भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रियासमेत अघि बढाइएको बताउनु भएको छ ।

नेविसंघका पूर्वअध्यक्षसमेत रहनु भएका महामन्त्री शर्माले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको जिकिर गर्नु भएको छ । आफू बोलेरभन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको महामन्त्री शर्माले दोहोर्याउनु भयो । महामन्त्री शर्माले आफूहरु पार्टीको पदाधिकारीमा आएपछि पार्टीभित्र देखिएको समस्याहरुलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय