भारतसँगको सीमा नाकामा होल्डिङ सेन्टरलाई बढाउन मुख्यमन्त्री शेरचनको निर्देशन

965Views
0 Shares

 

काठमाडौं । माघ १० गते
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोभिड १९को तेस्रो लहरका संक्रमित बढ्दै गइरहेको अवस्थामा कोरोना नियन्त्रणमा प्रदेश सरकार र मातहतका संयन्त्रको भूमिकाको बारेमा चासो व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमै प्रदेशका मुख्यमन्त्री , मन्त्रीहरू, विभिन्न मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतलाई बोलाएर कोभिडको विषयमा भइरहेका कामहरूको बारेमा जानकारी लिनुका साथ थप तयारी गर्न निर्देशन दिनुभयो ।

प्रदेश प्रमुख शेरचनले प्रदेशमा कोभिड नियन्त्रणमा सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको हो । उहाँले वर्तमान समयमा मानवीय सुरक्षालाई प्राथमिकतामा राख्न र विकास निर्माणलाई दोस्रो श्रेणीमा राख्न आह्वान गर्नुभयो ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले प्रदेश सरकारले कोभिड नियन्त्रण र यसका जोखिम न्यूनिकरण गर्न लागि परेको बताउनुभयो । उहाँले संघीय सरकारसँग समन्वय गरेर प्रदेश सरकार अगाडि बढेको समेत बताउनुभयो । भारतसँगको सीमा नाकामा होल्डिङ सेन्टरलाई बढाउने र निर्माण भएकाबाट काम शुरू गर्न निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय