स्वास्थ्य उपचार गराएर स्वदेश फर्कंदै
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । माघ १० गते
आज नेकपा ९माओवादी केन्द्र०का नेता वर्षमान पुन ९अनन्त० चीनमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्कंदै छन् ।पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज बेलुका चार्टर विमानमार्फत पुन नेपाल आउन लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।सुरुमा बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुनले पूर्णस्वास्थ्यलाभ गरी स्वदेश फर्किन लागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।
नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि