आजदेखि राप्रपाको महाधिवेशन शुरु
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । मंसिर १५ गते
आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको महाधिवेशन गर्ने भएको छ।आज बिहान ११.३० मा महाधिवेशन उद्घाटन गरिएको छ।यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ। तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो।
आजदेखि काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन हुनेछ।महाधिवेशनमा अध्यक्ष पदका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन्।
राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षमा प्रतिस्पर्धा नगर्ने भएका छन्।राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको छ। महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि