• Home
  • Uncategorized
  • अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु
Image

अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको मृत्यु

काठमाडौं । मंसिर १५ गते
एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा अमेरिकाको मिशिगनमा तीन विद्यार्थीको मृत्यु भएको छ ।एक शिक्षकसहित ८ जना घाइते भएको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हाइस्कूलमा भएको गोलीकाण्डमा मृत्यु हुनेमा १६ वर्षका छात्र तथा १४ र १७ वर्षकी छात्रा रहेका छन् ।

डिट्रोइटबाट ६५ किलोमिटरको दूरीमा रहेको अक्सफोर्ड बजारस्थित हाइस्कूलमा आक्रमण भएको हो । अन्धाधुन्ध गोली प्रहार गरेको अभियोगमा प्रहरीले १५ वर्षका छात्रलाई नियन्त्रणमा लिएको छ । उनले १५ देखि २० राउण्ड गोली प्रहार गरेको जनाइएको छ ।

सेमिअटोमेटिक ह्याण्डगनको प्रयोग भएको घटनामा ती छात्र मात्रै संलग्न रहेको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन । स्थानीय समय अनुसार मंगलबार दिउँसो पौने १ बजेतिर अक्सफोर्ड हाइस्कूलमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal २ महिना अगाडि

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक…

ByByYOUTV Nepal ८ महिना अगाडि

प्रधानमन्त्री कार्कीसँग भारतीय अतिरिक्त सचिव महावरको शिष्टाचार भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्रीको…

ByByanjana soni ९ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *