• Home
  • राजनीति
  • सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म जाने ऊर्जा मन्त्री पम्फा भुसालको जिकिर
Image

सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म जाने ऊर्जा मन्त्री पम्फा भुसालको जिकिर

काठमाडौं । मंसिर १५ गते
सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदो चुनावसम्म जाने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताउनु भएको छ ।आज नेकपा माओवादी केन्द्र दोर्दी गाउँपालिका लमजुङको प्रथम पालिका अधिवेशन घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनु भएको हो ।उहाँले राष्ट्रियता, संविधान र नागरिकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनाइएको बताउँनु भएको छ ।

क्रान्तिको खतरा हुँदासम्म परिवर्तनका शक्तिहरूले राष्ट्रियता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सहमति गरेको र पाँच दलीय गठबन्धनको सरकार रहेको जिकिर गर्नुु भएको छ ।

उहाँले अहिले केन्द्र र सात वटै प्रदेशमा गठबन्धनको सरकार रहेको तर्क गर्नु भएको छ । आवश्यक पर्दा आउँदो चुनावसम्म गठबन्धन मोर्चा बनाएर अघि जाने सोचमा रहेको उहाँले बताउनुभयो ।

‘ठूलो मूल्य चुकाएर ल्याएको नेपालको परिवर्तन रक्षा र त्यसका अगाडि आउन सक्ने प्रतिगमन, प्रति क्रान्तिलाई पराजित गर्न त्यो आवश्यकता महसुस गरिएको र सहकार्यद्वारा अघि बढ्ने गठबन्धनको प्रतिबद्धता रहेको छ’, उहाँले भन्नुभयो ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *