Trending

शिक्षक सेवा आयोगद्वारा २६ सय शिक्षक माग गर्दै आवेदन खुला

740Views
0 Shares

काठमाडौं । पुष ७ गते
झन्डै २६ सय शिक्षक माग गर्दै शिक्षक सेवा आयोगले आवेदन खुला गरेको छ । आयोगले आज वेबसाइटमा सूचना निकालेर निमावि तृतीय श्रेणीका लागि दुई हजार पाँच सय ९८ जना शिक्षकका लागि आवेदन माग गरेको हो ।

नेपाली विषयका लागि ४ सय ३७, अंग्रेजी विषयका लागि ६ सय २४, गणितमा ३ सय ७१, विज्ञानमा ४ सय ४०, सामाजिक अध्ययनमा ३ सय ५३, शुक्लयर्वेदमा एक, गणित–विज्ञानमा ३ सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै विज्ञापन खुलाएको हो ।इच्छुक उम्मेदवारले आउँदो माघ महिनाको ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् ।

परीक्षा लिखित र अन्तर्वार्ता हुनेछ । सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् । आवेदनका लागि आयोगको वेबसाइटमा गएर अनलाइन फारमसमेत भर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय