Trending

वीरगञ्जमा एमालेको जनलहर, सरावगीलाई बहुमतले जिताउन धामाधम प्रबेश

980Views
0 Shares


वीरगञ्ज ११ बैशाख : पर्सामा एमालेको जनलहर बढ्न थालेको छ । एमालेका मेयरमा उम्मेदवार बिजय कुमार सरावगीलाई बहुमतले जिताउँन धामाधम एमाले प्रबेश लहर लागेको छ । वीरगञ्जमा यतिबेला चुनावी अभियान सशक्त बन्दै गएको छ । सरावगी चुनावी अभियानमा सक्रियतापूर्वक जुटेका छन । सरावगीले चुनावी अभियान सञ्चालन गरेसंगै जसपा र माओवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्नेको जनलहर चलेको छ । आज वीरगञ्ज महानगरपालिका स्थित वडा नम्बर १७ उदयपुर घुर्मीका जसपा दलित नेता रामशिस र सुकइ मियाँसहित सयौंको सख्यामा अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन ।
यसैगरि वीरगञ्ज ३१ को बेल्वामा नेकपा एमाले वडा कमिटिले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गर्दै आयोजन गरिएको कार्यक्रममा २ सय जनाभन्दा बढी एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई एमालेका नेतहरु बिचारी यादब, बसुरुद्दिन अन्सारी, वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार बिजय कुमार सरावगी लगायतले पार्टीमा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै नेता सरावगीले वीरगञ्जको विकास एमाले बहेकको पार्टीले गर्ने नसक्ने दावी गरे । आउँदो निर्बाचन वीरगञ्जलाई बिकास गर्ने कि बिनास गर्ने भन्ने बीचको युद्ध भएकोले कुनै अर्थमा बिकास र परिवर्तनको पक्षपाती एमालेको उम्मेदवारलाई जिताउनु पर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय