विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

800Views
0 Shares

काठमाडौं । साउन २ गते
रोल्पा, कपिलवस्तु, दाङ, काठमाडौं र चितवनमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिका–२ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका–४ सुर्पालस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तुको महाराजगंज नगरपालिका–११ प्रभातनगर बस्ने ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

दाङको घोराही उपमहानगरपालिका–३ स्थित रनघरा बबई नदीको किनारमा सोही उपमहानगरपालिका–५ धारापानी बस्ने ६५ वर्षीया शिवा नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका–८ पशुपति राम मन्दिर नजिक हाल पहिचान नखुलेका अन्दाजी ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीको बिच भागको टापुमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय