• Home
  • अर्थ
  • सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए पदबाट राजीनामा
Image

सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए पदबाट राजीनामा

काठमाडौं । साउन २ गते
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन् ।‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको हो ।

यस मञ्चको सफलताको लागि खेलिने भूमिकामा कदापी कमी हुने छैन । यस मञ्चलाई शिखरतर्फ डोर्याउने कार्यमा सदैव एक सिपाहीको रूपमा लागिपरिरहने छु । मेरो पदभन्दा ठूलो यस मञ्च हो र यसलाई जसरी पनि बचाउनुपर्छ भन्ने मूलमन्त्रको साथमा मैले मेरो पदबाट राजीनामा दिएको छु,’ आइतबार उनले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा लकान्द्रीले आफू र मञ्चप्रति लागेका आरोपहरू कपोकल्पित र निराधार थियो भन्ने प्रमाणित भएको उल्लेख गरेका छन् । ‘धेरै संघर्ष गरेर मञ्च जन्माएको बताउँदै उनले भनेका छन्,‘मेरो मानसपटलमा बिगतका ती दिनहरू झलझली आइरहेको छ । जुनबेला हामी सम्पूर्ण निजी कामहरू थाती राखेर यस मञ्चको स्थापनाको लागि घर, गल्ली र पसलहरू चहार्नु परेको थियो ।

त्यतिबेलाको कठोर मेहनत र परिश्रमको प्रतिफल नै हो आजको राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च । जुन आजको दिनमा सुनचाँदी क्षेत्रमा लागेका व्यवसायीहरूको आशाको केन्द्रविन्दु बनेको छ र राष्ट्रिय रूप धारण गरेको छ,’ उनले भनेका छन् ।उनले नयाँ बन्ने तदर्थ समितिलाई शुभकामना दिँदै विगतका तितामिठा क्षणहरू बिर्सिएर अगाडि बढ्ने विश्वास लिएका छन् ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ९ घण्टा अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *