• Home
  • अर्थ
  • सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए पदबाट राजीनामा
Image

सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए पदबाट राजीनामा

काठमाडौं । साउन २ गते
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन् ।‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको हो ।

यस मञ्चको सफलताको लागि खेलिने भूमिकामा कदापी कमी हुने छैन । यस मञ्चलाई शिखरतर्फ डोर्याउने कार्यमा सदैव एक सिपाहीको रूपमा लागिपरिरहने छु । मेरो पदभन्दा ठूलो यस मञ्च हो र यसलाई जसरी पनि बचाउनुपर्छ भन्ने मूलमन्त्रको साथमा मैले मेरो पदबाट राजीनामा दिएको छु,’ आइतबार उनले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

विज्ञप्तिमा लकान्द्रीले आफू र मञ्चप्रति लागेका आरोपहरू कपोकल्पित र निराधार थियो भन्ने प्रमाणित भएको उल्लेख गरेका छन् । ‘धेरै संघर्ष गरेर मञ्च जन्माएको बताउँदै उनले भनेका छन्,‘मेरो मानसपटलमा बिगतका ती दिनहरू झलझली आइरहेको छ । जुनबेला हामी सम्पूर्ण निजी कामहरू थाती राखेर यस मञ्चको स्थापनाको लागि घर, गल्ली र पसलहरू चहार्नु परेको थियो ।

त्यतिबेलाको कठोर मेहनत र परिश्रमको प्रतिफल नै हो आजको राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च । जुन आजको दिनमा सुनचाँदी क्षेत्रमा लागेका व्यवसायीहरूको आशाको केन्द्रविन्दु बनेको छ र राष्ट्रिय रूप धारण गरेको छ,’ उनले भनेका छन् ।उनले नयाँ बन्ने तदर्थ समितिलाई शुभकामना दिँदै विगतका तितामिठा क्षणहरू बिर्सिएर अगाडि बढ्ने विश्वास लिएका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *