रुस र पश्चिमा देशबीचको तनाव कम गर्न रुसले युक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने बेलायतको भनाई

740Views
0 Shares

 

काठमाडौं । माघ २८ गते
बेलायतले रुस र पश्चिमा देशबीचको तनाव कम गर्न रुसले युक्रेनसँगको सीमाबाट सेना हटाउनुपर्ने जनाएको छ ।बेलायतले विदेशमन्त्री लिज ट्रुस मस्कोमा भएको एक कार्यक्रममा युक्रेनी सीमामा रहेका फौज र उपकरणहरू खतरनाक सुरक्षा चासोको विषय बनेको प्रतिक्रिया दिनुभएको हो ।विदेशमन्त्री ट्रुसले युरोपेली सुरक्षा र युक्रेनको तनावबारे मस्को र पश्चिमा देशका अधिकारीबीच हप्तौँको गहन वार्ताको पछिल्लो समयमा रूसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग भेट गर्नुभएको हो ।

मस्कोमा भएको वार्तापछि ट्रुसले लाभरोभसँगको छलफलले सकारात्मक सन्देश दिएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।रूसले आफ्नो पूर्व सोभियतकालीन भूभागमा रहेको छिमेकी युक्रेन वरिपरि एक लाख सेना तैनाथ गरेपछि युक्रेनमा द्वन्द्व चर्काउने तयारी भइरहेको टिप्पणी हुँदै आएको छ । तर रुसले यसको खण्डन गरिरहेको छ।युक्रेनको सीमामा रहेको रूसी र बेलारूसी फौजबीच ठूलो सैन्य अभ्यास सुरु हुँदा विदेश मन्त्रीहरूबीच भेट भएको हो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय