• Home
  • देश
  • यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ 
Image

यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ 

काठमाडौं, १२ असोज 

चाडपर्वको समयमा यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने  १६ जनालाई काठमाण्डौको कोटेश्वर र नयाँबसपार्कबाट आज बिहान ट्राफिक प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ । 

आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको  टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो । 

चाडपर्वको समयमा यात्रुहरुलाई अनाबश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता बिभिन्न गतिबिधी गर्ने कार्यमा संलग्न रहेका ब्यक्तीहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ । 

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गरीने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रबक्ता एवम् प्रहरी बरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni ४ हप्ता अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ महिना अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *