• Home
  • अन्तराष्ट्रिय खबर
  • राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात
Image

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’** सुरु भएको छ। काठमाडौंस्थित होटल रोयल एयरपोर्टमा आयोजित उद्घाटन समारोहमा **राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५१ जना अतिथि तथा सहभागी**को उपस्थिति रहेको छ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी प्रमुख **सुनिता डंगोल** प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन्। कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालका **डिस्ट्रिक्ट गभर्नर सन्दीप कौसदान** लगायत लायन्सका विभिन्न पदाधिकारी, सदस्य तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको छ।

१० दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न देशबाट आएका विदेशी युवा तथा प्रतिनिधिहरूले नेपालको **कला, संस्कृति, परम्परा, इतिहास र पर्यटन**लाई नजिकबाट बुझ्ने अवसर पाउनेछन्। साथै सहभागी नेपाली युवासँग विभिन्न देशका युवाबीच संस्कृति, अनुभव र विचार आदान–प्रदान गरिनेछ।

कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय युवा मैत्री विस्तार गर्नुका साथै विदेशी युवालाई नेपालको मौलिक पहिचान र सांस्कृतिक विविधतासँग परिचित गराउनु रहेको आयोजकले जनाएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको नेतृत्वमा आयोजना भएको कार्यक्रमले नेपाल र विभिन्न मुलुकका युवाबीच आपसी सम्बन्ध तथा सांस्कृतिक सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ४ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *