मन्त्री पदमा टाँसिरहने र मन्त्री भएर पैसा कमाउने लोभ, लालच छैन –कृष्णकुमार श्रेष्ठ
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । असार १३ गते
मन्त्री पदमा टाँसिरहने र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको निःवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । आज मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भए पनि त्यो सत्य नभएको दाबी गरेका छन् । उनले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पारेका छन् ।
उनले आफू अहिले पनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताएका छन् । उनले नचाहिने हल्लाहरु फिँजाइएको र कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरु भनेर पनि आक्षेप आएको बताए । उनले लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेस गरिसकेपछि बजेटको माननीयहरुले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्नेमात्रै आफ्नो धारणा भएको बताए ।
श्रेष्ठले प्रतिनिधि सभा र राष्ट्रिय सभामा मन्त्रीले बोलिसकेपछि प्रतिप्रश्न गर्ने र असन्तुष्टि जाहेर गर्ने कुरा आफूमा लागू नभएकोले पनि सबै काम राम्रो गरेको प्रमाणित भएको दाबी गर्नुभयो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि