Trending

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहन्छ – मन्त्री लामा

990Views
0 Shares

२४ चैत्र ०७८,काठमाडौँ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहने बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताएका छन् । प्रतिष्ठान भरतपुर सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत र भ्रममात्रै भएको र हेटौंडाबाट नसर्ने उनले बताएका हुन् । उनले हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे । मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिसँग छलफल गर्दै प्रतिष्ठान हेटौंडाको गौरव भएकोले प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका हुन् । प्रतिष्ठानलाई व्यवस्थित गर्न प्रदेश सरकारबाट २० करोड र संघीय सरकारबाट संरचनाका लागि ९५ करोड रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए ।

उनले अघिल्लो सरकारले जग्गा समेत प्राप्ति नसकेको आरोप लगाउँदै काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताए । ‘हेटौंडा अस्पतालको अहिलेकै संरचना र अवस्थामा मास्टर्स तहको अध्ययन गराउन नसकिने अवस्था भएकाले नजिकैको अस्पताल भरतपुरलाई अध्ययनका लागि मात्रै लिइएको उनको भनाई छ ।

स्नातक तहका ३ विषयको कक्षा हेटौंडामा नै सञ्चालन भइरहेको र हेटौंडा अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउने उनको दावी छ । उनले अफवाह र भ्रमको पछि नलाग्न आग्रह पनि गरे ।सरोकारवालाको मागअनुसार हेटौंडा अस्पताललाई थप सशक्त बनाउन प्रतिष्ठानबाट अलग गरिएको उनको भनाइ छ । ‘प्रतिष्ठान अहिलेकै अवस्थामा भने चल्न नसक्ने भएकाले यसलाई प्रभावकारी ढंगबाट अघि बढाउन प्रतिष्ठानसम्बन्धी अध्यादेश ल्याएको उनको भनाइृ छ । उनले प्रतिष्ठान स्थापनाकाल देखि ३ बर्षसम्ममा देखिएका समस्यालाई पनिअहिले समाधानको काम भइरहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय