Trending

प्रधानमन्त्रीलाई ओलीको व्यंग्य : उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको थिएन

815Views
0 Shares

२६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अपवित्र गठबन्धन गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएको बताएका छन् ।

२८ असारमा संसद पुनस्र्थापनासँगै प्रधानमन्त्री पदबाट हटेका ओलीले मंगलबार पहिलो पटक संसदलाई सम्बोधन गरे । अपवित्र, अनुचित र अलोकतान्त्रिक गठबन्धन गरेर आफूलाई हटाएको उनले बताए ।

प्रधानमन्त्री पदबाट हटेकोमा चिन्ता नरहेको भन्दै उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवातर्फ लक्षित गर्दै ओलीले अघि भने, ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । विभिन्न पार्टीका नेताहरुको महत्वकांक्षा, कुण्ठा र अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको होइन ।’

उनले अघि भने, ‘उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्दा जितेर परमादेशबाट पनि भएको होइन, जनादेशबाट भएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय