• Home
  • देश
  • पर्यटकको स्वागतमा जुटेका होटल व्यवसायीमाथि साङ्घातिक आक्रमण
Image

पर्यटकको स्वागतमा जुटेका होटल व्यवसायीमाथि साङ्घातिक आक्रमण

महोत्तरी, १२ असोज । पर्यटकको  स्वागतमा जुटेका महोत्तरीका होटल व्यवसायीहरू पर्यटकबाै असुरक्षित बनेका छन् । धनुषाबाट आएका ११ युवाले सोमबार पानस होटलका सञ्चालक रोशन कार्कीमाथि साङ्घातिक हमला गरेका छन् ।

पर्यटन दिवसको अवसरमा आन्तरिक र वाह्य पर्यटकलाई १२ असोजसम्म होटल व्यवसायीले खानामा १५ प्रतिशत र बस्नमा २५ प्रतिशत छुट दिइरहेका छन् । सोही अफरलाई मध्यनजर गर्दै नजिक र टाढाबाट आउनेहरूको विशेषगरि बर्दिबासमा भीड बढेको छ । तर, उच्छृङ्खल युवाहरूको समूहले होटल व्यवसायीहरूलाई धम्क्याउने जस्ता गुनासो बढिरहेको बेला सोमबार आक्रमण नै भएपछि व्यवसायीहरूले त्यस निन्दा गरेका छन् ।

पैसा माग्ने क्रममा विवाद हुँदा ती युवाले आक्रमण गरेकाे पीडितकाे भनाइ छ । `उनीहरू आपसमा झगडा गर्न थालेपछि होटल अशान्त बढ्दै गयो त्यसपछि मैले पैसा दिनुस् र जानुस् । यत्तिकैमा उनीहरू मैमाथि झम्टिए, ´ उनले भने ।

११ जनाले बाँसको चिर्पट र  मुक्का प्रहार गरेको पीडित होटल व्यवसायीकाे भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार हाेटल व्यवसायी कार्की होटल बाहिर गेट बन्द गर्न जाँदै थिए । गेटनिर नै उनीहरूले चिर्पट प्रहार र मुक्का प्रहार गरे र लडाएर घाँटी न्याकेका थिए । होटलमा राखिएको सिसीटिभी फुटेजमा समेत उक्त झगडाको दृश्य कैद भएको छ । 

आक्रमण गर्ने युवा धनुषा क्षिरेश्वर नगरपालिकाका रहेकाे र पीडितले प्रहरीमा किटानी जाहेर दिएका छन् । टाटा सुमोमा आएका उनीहरू सबैलाई रोकेर पक्राउ गर्न नसके पनि इलाका प्रहरी कार्यालय बर्दिबासले पाँच जनालाई पक्राउ गरिसकेकाे छ ।

पक्राउ पर्नेमा महेन्द्रनगर सखुवाका २२ वर्षे राघव ठाकुर, सोही ठाउँ बस्ने २४ वर्षे मोजिम साफी, २१ वर्षे धिरज गुप्ता र वडा नम्वर ६ बस्ने  २३ वर्षे अनिकेश साह छन् ।

उनीहरू चारै जनालाई मादकपदार्थ सेवन गरेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरि कार्यालय गौरिडाडाले जनाएको छ । अन्य सात जनाको पनि सनाखत भैइसकेको इलाका प्रहरी  कार्यालयले जानकारी दिएको छ । उनीहरूको खोजतलास भैइरहेको र छिट्टै पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रहरीको भनाइ छ ।

होटल तथा पर्यटन व्यवसायीको भर्त्सना

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले कार्कीमाथि भएको आक्रमणको ध्यानाकर्षण जनाएको छ । पर्यटन व्यवसायी संघ महोत्तरीका उपाध्यक्ष गोपाल कार्कीले दाेषीलाई पक्राउ गरि अबिलम्ब कारवाही गर्नुपर्ने माग गरेका छन् ।

यस्तै, कार्कीमाथि नियतबस भएको घटना निन्दनीय र जघन्य अपराध भएको उल्लेख गर्दै होटल तथा पर्यटन व्यवसायी संघले बैठक वसेर विज्ञप्ति समेत जारी  गरेको छ ।

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni ४ हप्ता अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ महिना अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *