• Home
  • स्वास्थ्य
  • धुलिखेल अस्पताल र बर्दिबास अस्पतालबीच सहकार्य
Image

धुलिखेल अस्पताल र बर्दिबास अस्पतालबीच सहकार्य

महोत्तरी, २ भदौ

महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेकाे धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो ।

बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्री र नेता पोखरेललाइ बोलाएर सम्झौता गरेको छ ।
यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा. बिराज कर्माचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तर्क्रिया गराएका थिए ।

बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गरिसकेको बताउँदै बुधबार औपचारिकता मात्र पूरा गरेको अस्पताल प्रशासनले जनाएको छ । धुलिखेल अस्पतालले सहकार्य सम्झौता गरेको बर्दिबास अस्पतालसहित देशैभरि १२ पुगेको छ । अस्पतालको सहकार्यमा दोलखाको एक अस्पताल अहिले उक्त जिल्लाको नमुना अस्पताल वनेको छ ।

औपचारिक रूपमा सहकार्य सम्झौता भएसगै बर्दिबास अस्पतालको प्राविधिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको नेता पोखरेलले वताए ।

पाँच वर्षसम्म क्रियाशील रहने सम्झौतामा यथाशीघ्र आइसियु सञ्चालन गरिने पनि उल्लेख छ । आवश्यक पर्ने जनशक्ति र स्वास्थ्यकर्मीहरू अस्पताललाई प्रदान गरेर बर्दिबास अस्पताललाई सुविधासम्पन्न र गुणस्तरीय बनाउने विषयमा पनि सहकार्य गर्नेगरी दुवै पक्षबीच सम्झौता भएको छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ६ महिना अगाडि

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना

मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरिने भएको…

ByByanjana soni ६ महिना अगाडि

हाईलाइफ फुड्सको ‘बासमती राइस संग फेस्टिभ भाइब्स’ अभियान: काठमाडौँका मयुर बस्नेत एक लाख सहित विजेता

काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्।…

ByByYOUTV Nepal १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *