देशको उच्च पहाडी तथा हिमाली भू–भाग हिमपातको सम्भावना
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष ५ गते
हाल देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश–१, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा भने हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।
तराईमा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले अनुरोध पनि गरेका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि