• Home
  • अर्थ
  • थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला
Image

थ्रीस्टार हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौ, ५  असार । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले मंगलबार कार्यालय समयबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । 

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको छ । 

अब बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असार १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ४ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ४ महिना अगाडि

सेयर बजार बढाउने (अ)सफल प्रयासहरूको श्रृङ्खला र बजारको वर्तमान अवस्था

काठमाडौं । पुँजी बजारलाई सहज बनाउने नीतिगत प्रयासहरू भइरहँदा पनि नेपालको सेयर बजार (नेप्से) ले सोअनुरुप गति लिन…

ByByanjana soni ७ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *