• Home
  • देश
  • ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९ जना चालक कारवाहीमा 
Image

ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ सय ९ जना चालक कारवाहीमा 

काठमाडौं, १३ असोज 

ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४०९ जना चालकहरूलाई हिजो काठमाण्डौ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने १५९ जना, फुटपाथमा पार्किङ गर्ने २४५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १२५ जना, जथाभाबी यात्रु चढाउने र ओराल्ने १२६ जना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका ८५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ४४ जना, सडक लेन उल्लङ्घन गर्ने ४२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५० जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६७ जना, एकतर्फी सडकमा सो विपरित चलाउने ५३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३९ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले बताएको छ । 

Related Posts

स्वदेशी उत्पादन बढाउनेदेखि आयात घटाउनेसम्म: कृषि र उद्योग मन्त्रालयबीच महत्वपूर्ण छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीबीच कृषि तथा…

ByByanjana soni २ हप्ता अगाडि

राष्ट्रिय–अन्तर्राष्ट्रिय अतिथिको सहभागिता : International Youth Exchange Camp Nepal 2026 मा लायन्स ३२५ पीको ऐतिहासिक सुरुवात

  काठमाडौं, २६ भदौ २०८३— लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको आयोजनामा **‘International Youth Exchange Camp Nepal 2026’**…

ByByanjana soni ३ हप्ता अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni १ महिना अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *