गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको छ –ओली

755Views
0 Shares

 

काठमाडौं । माघ १० गते
सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको प्रमुख प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ । आइतबार एमाले अध्यक्ष केपी ओलीले विज्ञप्ति जारी गर्दै राज्यका तीनवटै अंगहरू आज संकटोन्मुख भएको दाबी गर्नु भएको थियो । मुलुकको कार्यकारी अंगका रूपमा रहेको सरकार संविधानले निर्दिष्ट गरेको न्यूनतम दायित्व पूरा गर्नसमेत असफल भएको र राष्ट्रिय हितको रक्षामा चुकेको छ, महामारीमा अकर्मन्य बनेको छ र जनतालाई न्यूनतम राहत दिनसमेत असमर्थ भएको उहाँको आरोप छ ।

यसरी राज्यका तीनवटै अंगहरू आज संकटोन्मुख छन् र यसले राष्ट्रलाई नै असफलताको दिशातिर धकेल्ने जोखिम पैदा भएको एमाले अध्यक्ष ओलीले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो संकटतिर धकेलिँदै गएको ओलीको दाबी छ । केही नेता र सर्वोच्च अदालतका पदाधिकारीहरूको अवाञ्छित साँठगाँठबाट संविधानको जसरी अपव्याख्या गरिएको र त्यसका दुष्प्रभाव प्रकट हुन थालेको ओलीको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओलीले आफ्नो विज्ञप्तिमा संसद्मा देखिएको अवरोधमा सरकारको भूमिका जिम्मेवार रहेको पनि आरोप लगाउनु भएको छ ।

‘ओलीले अहिले मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलन देखापरेका दाबी गर्नु भएको छ । गठबन्धन सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको ओलीको विज्ञप्तिमा भनिएको छ । भारतसँग ऐतिहासिक सन्धि, दस्ताबेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल गर्नु त परको कुरा– लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भूभागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्नसमेत नसक्ने निरीहता प्रकट गरिरहेको जिकिर गर्नु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय