काठमाडौं उपत्यकामा एकैदिन ३३ सय १७ जना सवारी चालकमाथि कारवाही
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । भदौ २ गते
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न बजाउने १३२ र नदेखिने गरी नम्बर प्लेट राख्ने २८ जना सवारी चालक रहेका छन् ।यस्तै, २ हजार ८१८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि