• Home
  • शेयर बजार
  • अपर तामाकोसीले एक बराबर एक हकप्रद सेयर निष्कासन गर्ने
Image

अपर तामाकोसीले एक बराबर एक हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, २ भदौ

अपर तामाकोसी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार वार्षिक साधारण सभा बस्ने भएको छ । 

१ः१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको हो । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो ।

१७ साउनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एकजना महिलासहित चारजना सञ्चालनको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थालगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा छ ।

Related Posts

सेयर बजार बढाउने (अ)सफल प्रयासहरूको श्रृङ्खला र बजारको वर्तमान अवस्था

काठमाडौं । पुँजी बजारलाई सहज बनाउने नीतिगत प्रयासहरू भइरहँदा पनि नेपालको सेयर बजार (नेप्से) ले सोअनुरुप गति लिन…

ByByanjana soni ११ महिना अगाडि

बैंकमा ‘तरलताको बाढी’ तर कर्जा बजार सुक्खा 📉

चालु आर्थिक वर्षको पहिलो चौमास सकिँदासम्म बैंक तथा वित्तीय संस्थामा सवा ११ खर्ब रुपैयाँभन्दा बढी ऋण दिन मिल्ने…

ByByanjana soni ११ महिना अगाडि

रेमिट्यान्समा कीर्तिमान, असोजमा मात्रै भित्रियो दुई खर्ब

काठमाडौँ — विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स (विप्रेषण) ले कीर्तिमान बनाएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै…

ByByanjana soni ११ महिना अगाडि

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *