कांग्रेस नेता प्रदिप गिरीको निधन प्रति प्रचण्डद्धारा दु:ख ब्यक्त
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । भदौ ५ गते
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गरेका छन ।उपचारको क्रममा गएराती निधन भएका गिरीको निधनले समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति भएको अध्यक्ष दाहालले जनाएका छन ।
‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनले स्तब्ध बनाएको छ,’ प्रचण्डले सामाजिक सञ्जालमा भनेका छन, ‘गिरीको निधनबाट समकालिन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि