आज उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । पुष २१ गते
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको छ।आज देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ।
मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले अधिकांश भु–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ।
यो प्रभाव शनिबारसम्म रहने मौसमविद्ले जनाएका छन्। मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ। मौसमी प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली हुने उल्लेख गरेको छ ।
प्रदेश १ र प्रदेश २ मा भने त्यसको आंशिक मात्र प्रभाव पर्ने आँकलन गरिएको छ ।साथै बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि