आजका लागि प्रधानमन्त्री देउवाले आह्वानमा गरेको सर्वदलीय बैठक अनिश्चित

830Views
0 Shares

काठमाडौं । माघ ८ गते
आजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वानमा गर्नु भएको सर्वदलीय बैठक अनिश्चित भएको छ। स्थानीय तहको निर्वाचनबारे शनिबार ९ बजे गर्ने भनिएको बैठक अनिश्चित भएको हो।सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको एक नेताले बताएका थिए।

तर अहिलेसम्म सर्वदलीय बैठकको टुंगो लागेको छैन। यसैबीच एमाले नेता विष्णु रिमालले आफूहरूलाई प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकबारे कुनै खबर नआएको बताएका छन्।यता प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संविधानविदहरूसँग पहिले छलफल गरेर मात्र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ। हिजो बसेको समन्वय समितिको बैठमा पनि सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय