Trending

अमेरिकाको टेक्सासमा लरीभित्र ४० आप्रवासी मृत फेला

795Views
0 Shares

काठमाडौं । असार १४ गते
अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् । सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग२५० किलोमिटर टाढा छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन् ।मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताए ।

मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ । सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ । सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सिय थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय