Trending

९८ प्रतिशतले घट्यो नेशनल इन्स्योरेन्स कम्पनीको नाफा

745Views
0 Shares

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन र नाफा दुबै घटेको छ ।

१ अर्ब २९ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको कम्पनीको महाविपत्ती जगेडा कोषमा १ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल जगेडा कोषमा १ अर्ब २४ करोड १९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड १ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ र८० को असारमसान्तसम्ममा कम्पनीको बीमा कोषमा ७० करोड ११ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ९८ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुलक आर्जन बढी हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १४ करोड २६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ९८ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले २३ लाख ११ हजार अभिकर्ता कमिशनमा खर्चिएको छ ।

कम्पनीले २२ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन घटेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय