Trending

सिराहा औरही गाउँपालिका-५ मा दलित समुदायमाथि अमानवीय व्यवहार, प्रतिनिधिसभामा उठ्यो आवाज

2.9kViews
10 Shares

 

२०७८ चैत्र ७ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सम्झना थपलियाले सिराहा जिल्लाको औरही गाउँपालिका-५ मा भएको दलित समुदायमाथिको विभेदको गम्भीर निन्दा गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

घटनाअनुसार, गाउँपालिकाको आदेशमा दलित डोम समुदायका घरहरू डोजर लगाएर भत्काइएको छ। स्थानीयस्तरमा ‘दलित बस्ने भूमि अपवित्र छ’ भन्ने सोच राख्दै दलित समुदायमाथि दुव्र्यवहार गर्दै उनीहरूको घर भत्काइएकाले मानव अधिकार र सामाजिक न्यायको गम्भीर उल्लङ्घन भएको सांसद थपलियाले बताउनुभयो।

नेपालको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानले छुवाछूत मुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा पनि यस्ता घटनाहरू दोहोरिनु अत्यन्त दुर्भाग्यपूर्ण भएको सांसद थपलियाको भनाइ छ। उनले यस अमानवीय घटनामा संलग्न सबैलाई कडा कारबाही गर्न माग गर्दै सदनमा बुलन्द आवाज उठाउनु भएको छ।

यस घटनाले समाजमा व्याप्त जातीय भेदभाव र छुवाछूतको विकराल स्थिति पुनः उजागर गरेको छ। सांसद थपलियाले न्यायको पक्षमा दृढ अडान राख्दै दोषीमाथि कडा कारबाहीको माग गर्नुभएको छ।

https://www.facebook.com/share/v/17cQ3i8ioB/

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय