• Home
  • जिवनशैली
  • श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत
Image

श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत

काठमाडौं । सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ। विभागले आवश्यक मापदण्ड पूरा गरेपछि औपचारिक रूपमा दर्ता प्रमाण प्रदान गरेको हो।

फागुन २५ गते बसेको आयोगको बैठकले श्री केश हेयर ओएललाई औषधि व्यवस्था विभागमा दर्ता गर्ने निर्णय गरेको थियो। यससँगै, यो नेपालमा विभागमा दर्ता हुने पहिलो जडीबुटीजन्य हेयर ओएल बनेको छ।

नेपालमा जडीबुटीजन्य सुगन्धित तेलहरूको नियमन अनिवार्य

२०७८ असार २३ गतेको विभागीय निर्णयअनुसार गत साउन १७ गते औषधि व्यवस्था विभागले जडीबुटीजन्य सुगन्धित तेलहरूको दर्ता अनिवार्य गर्न सूचना जारी गरेको थियो। यसपछि, बजारमा रहेका यस्ता उत्पादनहरू अब अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ।

विभागका अनुसार, कुनै पनि जडीबुटीजन्य सुगन्धित तेल दर्ता गर्न निम्न मापदण्डहरू पूरा गर्नुपर्छ:

उत्पादनको फर्मुला (Composition) पेस गर्नुपर्ने

मूल्य घोषणा अनिवार्य गर्ने

उत्पादनले जनस्वास्थ्यमा कुनै हानि नगर्ने प्रत्याभूति सहितको कबुलियतनामा दिनुपर्ने

गुणस्तर कायम गर्दै श्री केश ब्रान्डको विस्तार

सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्री नेपालकै जडीबुटी प्रयोग गरेर आयुर्वेदिक उत्पादनहरू निर्माण गर्दै आएको कम्पनी हो। कम्पनीले गुणस्तरमा ध्यान दिँदै स्वास्थ्यलाई हानी नपुर्‍याउने प्राकृतिक उत्पादनहरू प्राथमिकता दिएको बताएको छ।

छोटो समयमा नै श्री केश ब्रान्ड नेपालमा मात्र होइन, विदेशमा पनि लोकप्रिय बन्दै गएको छ। उच्च गुणस्तरका कारण विदेशमा समेत यसको माग बढिरहेको कम्पनीको दाबी छ।

नेपालमै उत्पादन गरी स्वदेशी जडीबुटीको प्रवर्द्धन गर्दै आएको सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीले उद्योग विस्तारसँगै सयौंलाई रोजगारीको अवसर समेत प्रदान गरेको छ। बजारमा गुणस्तरीय तथा सुरक्षित उत्पादन प्रवर्द्धन गर्दै जाने कम्पनीको प्रतिबद्धता रहेको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ७ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *