संसदीय सुनुवाइ समितिको वैधानिकतामै प्रश्न उठाउँदै उजुरीकर्ताद्वारा छलफल बहिस्कार

1.5kViews
0 Shares

काठमाडौंं, ३१ जेठ । संसदीय सुनुवाइ समितिको वैधानिकतामा प्रश्न उठाइएको छ । बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग समितिले छलफल गर्न बोलाएको थियो ।

तर, उजुरीकर्तासमेत रहेका अधिवक्ता युवराज कोइरालाले संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै समितिको वैधतामा प्रश्न उठाएका हुन् । नियमावली राजपत्रमा प्रकाशिक नभई संसदीय सुनुवाइ समितिले काम गर्न नसक्ने उनको जिकीर छ । 

उनीसहितका उजुरीकर्ताले समितिबाहिरै विरोध गरेर छलफलमा सहभागी भएनन् । 

बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम सुनुवाइ गर्ने तयारी गरेको समितिले बुधबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका बनाएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय