By Birgunj
४ वर्ष अगाडि
Comments: 0
वीरगञ्ज – आफ्नो श्रीमानको लागि मत माग्न श्रीमतीले घरदैलो अभियानलाई तिव्रता दिएकी छिन् । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई भारी मतले विजय गराउन उनकी श्रीमती डा. सुष्मा तिवारीले घरदैलोलाई तिव्रता दिएकी हुन् ।
महिला अधिकारकर्मी एवम् समाजसेवीका रुपमा परिचित डा. तिवारी आफ्ना श्रीमानका लागि मत माग्न वीरगञ्जका विभिन्न वडाहरुमा पुगिरहेकी छिन् । बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ र वडा नम्बर १२ का घरघरमा पुगेर माछा छापमा मतदान गरी अजय द्धिवेदीलाई भारी मतले विजय गराउन उनले आग्रह गरीरहेकी छिन् ।
विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि मतदान गर्न आग्रह गर्दै उनले विजयी भएमा रोजगार, कृषिसँगै पूर्वाधार निर्माण प्राथमिकतामा रहने जानकारी गराएकी छिन् । घरदैलो कार्यक्रममा महिला नेतृ मन्टु सिंह, मनुजा चौधरी, धनश्याम नायक, रतनेश मिश्रा, सन्नी दुवे लगायतका महिला तथा युवाहरुले स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीको पक्षमा मत मागेका थिए ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि