Trending

वैदेशिक रोजगारीमा रहेकालाई शुभम् पावरको आईपीओ आजदेखि

1.2kViews
0 Shares

६ पुस, काठमाडौं 

शुभम् पावर लिमिटेडले ६ पुस बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुल्ला गरेको छ ।

जारी पूँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको थियो । जसमा बिक्री नभएको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन बिक्र खुला गरेको हो ।

वैदेशीक रोजगारीममा रहेका नेपाली उक्त आईपीओमा २० पुससम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले प्रकाशित गरेको आह्वान पत्रमा उल्लेख छ ।

नेपाल धितोपत्र बोर्डबाट सि–आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर माफर्त आवेदन दिने सक्नेछन् । कम्पनाले आईपीओ निष्कासनको लाथि धितापत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभा पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत आयोजनाको निर्माण गरी १ साउन २०६८ देखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । सो आयोजनाको कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ । कम्पनीको लगानी फिर्ता हुने अवधि ९.०९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २९.८६ वर्ष रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय