विभिन्न अभियोगमा जेल जीवन विताएका रुसीलाई युक्रेन युद्धमा परिचालन गरिने

950Views
0 Shares


मस्को, १९ कात्तिक। रुसले लागू औषधसहित विभिन्न अभियोगमा जेल परेर छुटेका व्यक्तिहरुलाई  कानुनमा परिवर्तन गरेर युक्रेनमा लड्न अनुमति दिइएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनल गम्भीर अपराधमा दोषी ठहरपछि जेल जीवत विताएर छुटेका पुरुषहरूलाई युक्रेन युद्धमा परिचालन गर्न लागेका हुन् । बालबालिका विरुद्धको यौन अपराध वा आतंकवादको अभियोगमा सजाय पाएका पूर्व कैदीलाई भने सेवाबाट बञ्चित गरिने भएको छ ।

रुसी सेनाले युद्ध अपराधहरू गरेका र सर्वसाधारण मारिएका युक्रेनसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले सेप्टेम्बरमा रिपोर्ट  गरेको थियो । रिपोर्टअनुसार केही सैनिकले लिंगमा आधारित हिंसा गरेका थिए ।

युक्रेन आफैंले रुसी सेनाद्वारा हजारौं सम्भावित युद्ध अपराधहरू पहिचान गरेको बताएको छ। रुसले जानाजानी नागरिकमाथि आक्रमण गरेको अस्वीकार गर्दै युक्रेनी सेनाले देशको पृथकतावादी–नियन्त्रित क्षेत्रहरूमा नागरिकहरूलाई तोपखानाले निशाना बनाएको आरोप लगाएको छ, जसलाई किभले अस्वीकार गरेको छ ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय