विदेशको योजना रद्द गर्दै युवाको प्रेरणादायी कदम — भक्तपुरको नयाँठिमीमा ‘90’s क्याफे’ को भव्य सुरुवात
By YOUTV Nepal
१२ महिना अगाडि
Comments: 0
विदेश जाने योजना त्यागेर आफ्नै मातृभूमिमा केही योगदान दिने अठोटसहित युवाहरूको भक्तपुरको नयाँठिमी समूह ले भव्य पारिवारिक रेस्टुरेन्ट ‘90’sक्याफे’ को सुरुवात गरेको छ। भक्तपुरको एस.एस.चोक, नयाँठिमीमा सञ्चालनमा आएको यस क्याफेले चिया, कफी, म:म, ककटेल, मकटेल लगायत विभिन्न स्वादिलो परिकारहरू प्रदान गर्दैछ।
एक दशकभन्दा लामो समयदेखि नेपालको विभिन्न नामी होटल तथा रेस्टुरेन्टहरूमा सेफ र म्यानेजरको रूपमा काम गर्दै अनुभव बटुलेका भक्तपुरको नयाँठिमी का सदस्यहरूले अन्ततः आफ्नै व्यवसाय थालनी गरेका हुन्।
‘90’sक्याफे’ ले युवा पुस्तालाई स्वरोजगारको बाटो देखाउनुका साथै स्वाद, सेवा र वातावरणको उत्कृष्ट संयोजनमार्फत पारिवारिक वातावरणमा सेवा दिने लक्ष्य लिएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि