• Home
  • Uncategorized
  • सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक
Image

सन्तान र बाबुआमाको सम्बन्धको कथा : दिलिजा रुवालीको ‘मेरा भगवान’ सार्वजनिक

The Voice Kids S4 की फाइनलिस्ट तथा उदाउँदो बाल गायिका दिलिजा रुवालीको पहिलो आधिकारिक गीत ‘मेरा भगवान’ सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै गीतले दर्शक–श्रोताको मन गहिरोसँग छोइरहेको छ।
गीतको हरेक शब्द मन छुने खालको छ र आफ्ना बा–आमाप्रति समर्पित भावना बोकेको छ। यो गीतले जो–कोहीलाई पनि आफ्ना सपना र ती सपनाका पछाडि बाबुआमाले गरेको अथक त्याग सम्झन बाध्य बनाउँछ। पद्मा लिंखा मगरको शब्द रचना अत्यन्तै मार्मिक छ, जसले गीतको भावनात्मक गहिराइलाई अझ सशक्त बनाएको छ।
त्यसैमा बाल गायिका दिलिजा रुवालीको मिठासपूर्ण र भावुक स्वरले गीतलाई अझ उच्च उचाइमा पुर्‍याएको छ। उनले गीतका हरेक शब्दलाई भावनात्मक तरिकाले प्रस्तुत गरेकी छन्, जसले श्रोताको मन सहजै छुन्छ। स्वर मात्र होइन, अभिनयमा पनि दिलिजाले आफ्नो प्रतिभा प्रष्ट देखाएकी छन्।
सुरेश बनियाँको संगीत तथा एरेञ्जमा तयार भएको गीतलाई सुमन रानाले रेकर्ड गरेका हुन् भने अडियो मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। मरूनी डिजिटल स्टुडियोमा तयार भएको यस गीतको अडियो–भिडियो जलेश्वरि म्युजिक प्रा.लि.ले सार्वजनिक गरेको हो।
गीतको भिडियो पक्ष पनि उत्तिकै प्रभावशाली बनेको छ। चित्र मास्के मगरको कथा तथा निर्देशनमा बनेको भिडियोले बाबुआमाको त्याग र सन्तानप्रतिको प्रेमलाई यथार्थपरक रूपमा प्रस्तुत गरेको छ। भिडियोमा आमाको भूमिकामा टिका सानु, बाबाको भूमिकामा दिपेन्द्र तिमिल्सिना र छोरीको भूमिकामा स्वयम् गायिका दिलिजा रुवालीको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
भिडियोको छायांकन सुनिल भण्डारी एण्ड टिमले गरेका हुन् भने धुर्ब थापा प्रोडक्सन म्यानेजरको भूमिकामा रहेका छन्। सम्पादन तथा रङ संयोजन नविन घर्ती मगरले गरेका छन्।
समग्रमा, ‘मेरा भगवान’ गीत बाल प्रतिभा दिलिजा रुवालीको स्वर, अभिनय र भावनात्मक प्रस्तुतीकरणमार्फत बाबुआमाको निस्वार्थ माया र त्यागलाई सम्मान गर्ने एउटा सशक्त सिर्जना बनेको छ

Related Posts

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni ४ दिन अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni ६ दिन अगाडि

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *