काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा सोमबार भएको भेटवार्तामा दुईपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
-
भेटको मुख्य विषय: द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल।
-
स्थान र मिति: सिंहदरबार, सोमबार।
-
नेपाल भ्रमण: भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव महावर नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका थिए।
गृहमन्त्री अर्यालसँग भेट, निर्वाचनमा सहयोगको प्रतिबद्धता
भारतीय अतिरिक्त सचिव मुनु महावरले आफ्नो नेपाल भ्रमणका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि भेटवार्ता गरेका छन्।















