लुहान्स्क र डोनेट्स्कलाई अलग देशको मान्यता दिने राष्ट्रपति पुटिनको घोषणा

820Views
0 Shares

 

काठमाडौं । फगुन १० गते
पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्कलाई अलग देशको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मान्यता दिएका छन् । उनले दुवै क्षेत्रलाई अलग देशको मान्यता दिंदै सोमबार राति विद्रोहीसंग सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । यो क्षेत्रमा रुसको साथ पाएका विद्रोहीहरुको नियन्त्रण थियो । उनिहरुले युक्रेनसंग २०१४ देखि लड्दै आएका छन् ।राष्ट्रपति पुटिनले आफ्ना सैनिकलाई रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिण पूर्वी क्षेत्रमा प्रवेश गर्न आदेश दिइसकेका छन् ।

पुटिनले दुवै क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनाले भूमिका खेल्ने बताएका छन् ।पुटिनको सम्बोधनभन्दा पहिलो पृथकतावादी नेताहरुले टेलिभिजनमा सम्बोधन गर्दै दुवै क्षेत्रमा स्वतन्त्रताको मान्यता दिन माग गर्नुका साथै मित्रता संन्धीमा हस्ताक्षर गरेर युक्रेनी सेनाको आक्रमणबाट बच्नको लागी सैन्य सहायता पठाउन रुसी राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए ।

उनिहरुको आग्रहपछी रुसी सेना सो क्षेत्रमा तैनाथ भइसकेको छ । यो निर्णयसंगै युक्रेनमा रुसी सेनाको प्रवेश भएको छ ।उनले डोनेट्स्क र लुहान्सक प्राचीन रुसी क्षेत्र भएको दावी गरे । पुटिनले युक्रेन अमेरिकाको कठपुतली भएको भन्दै उसको असल राष्ट्रको इतिहास नभएको आरोप लगाए । युक्रेन नाटोमा सामेल सामेल हुने निर्णयको उनले विरोध गर्दै आएका थिए । पुटिनले त्यसबाट रुसलाई सुरक्षा खतरा बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले यसअघि नै रुससंग सीमा जोडिएका देशलाई नाटोमा सामेल गर्ने निर्णय आफुलाई मान्य नहुने बताउंदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय