देश
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ११ घण्टा अगाडिराजनीति
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ११ घण्टा अगाडिभोलिको शक्ति प्रदर्शनलाई आयोगले अनुगमनका लागि टोली परिचालन गर्ने
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं । आज काठमाडौंमा आयोजना गर्न लागेको शक्ति प्रदर्शनलाई आयोगले नजिकबाट निगरानी गरी अनुगमनका लागि टोली परिचालन गर्ने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तोपबहादुर मगरले दुई समूहले बताएका छन् ।
काठमाडौंका दुई स्थानमा राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको समूहले विभिन्न माग राखी गर्न लागेको शक्ति प्रदर्शन हिंसात्मक हुन सक्ने देखिएको भन्दै त्यसप्रति आयोग सतर्क र सजग रहेको अध्यक्ष मगरले बताए ।
उनले आयोगले जिल्लाहरुमा रहेका शाखामार्फत् पनि निगरानी गरिरहेको उल्लेख गर्दै आयोग भोलिको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन सतर्क रहेको बताए ।
‘आयोगले अनुगमन गर्न टोली पठाउँछ । अनुगमन टोली दुवै ठाउँमा जान्छ । भोलि टोलीले कार्यक्रम स्थलमा गएर त्यहाँको अनुगमन गर्छ, त्यहाँ के गर्नुपर्छ र कुन अवस्था आउँछ भन्ने कुरा हाम्रो टोलीले राम्ररी हेर्छ । त्यसको लागि कार्ययोजना बनाइसकेका छौं । हिंसा हुन नदिन सतर्क छौं,’ अध्यक्ष मगरले भने ।
आयोगले भोलिको प्रदर्शनलाई नजिकबाट निगरानी गरी टोली नै परिचालन गरेर फिल्डमा खटाउन लागेको भन्दै उनले मानव अधिकारको रक्षा, प्रवर्द्धन र सम्वर्द्धनमा आयोग दृढ भएर लागेको जानकारी दिए । उनले सरकारलाई भोलि हुन लागेको दुवै समूहको शक्ति प्रदर्शन शान्तिपूर्ण बनाउन ध्यानाकर्षण गराएका छन् ।
यसैबीच, स्वतन्त्र कानून व्यवसायी मञ्चले भोलि हुने दुई समूहको प्रदर्शनको मुख्य उद्देश्य नै एक समूहले अर्को समूहलाई निषेध गर्न, हिंसा भड्काउनेतर्फ लक्षित देखिएको भन्दै आयोगका अध्यक्ष मगरलाई स्थलगत निरिक्षण र मानव अधिकार हनन र हिंसा हुन नदिन सतर्कता अपनाउन ज्ञापन पत्र बुझाएको छ ।
मञ्चका संयोजक यज्ञमणि न्यौपानेले बुझाएको विज्ञप्तिमा भनिएको छ, ‘शक्ति प्रदर्शन गर्न लागेका दुई समूहले एकअर्कालाई निषेध गर्ने क्रममा मानव अधिकारको गम्भीर रुपमा उल्लंघन हुने सम्भावना देखिन्छ । त्यसलाई नियन्त्रण तथा व्यवस्थापन गरी मानव अधिकारको संरक्षणका खातिर सो कार्यक्रममा राज्य पक्षबाट हुन सक्ने ज्यादतीबाट गम्भीर मानव अधिकार उल्लंघनलाई रोक्न यस आयोगका तर्फबाट सक्रिय भूमिका निर्वाह गरियोस् ।’मञ्चले आयोगलाई आवश्यक परे स्थलगत अनुगमन कार्यमा समन्वय गर्न तयार रहेको समेत जनाएको छ ।
ताजा समाचार, देश, राजनीति, समाचार
सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ११ घण्टा अगाडिताजा समाचार, देश, राजनीति, समाचार
स्वास्थ्य बिमा सुधार गर्नुहोस्: प्रधानमन्त्री ५ दिन अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि