प्रेस युनियन कर्णालीको अधिवेशनमा माइक खोसाखोस

1.2kViews
0 Shares

२१ पुस, सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेशको प्रथम अधिवेशन कार्यक्रममा संस्थापन पक्ष र इतर पक्षका नेताहरुबीच माइक खोसाखोस भएको छ ।

बिहीबार प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकोमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषयलाई लिएर दुई पक्षबची विवाद सृजना हुँदा माइक खोसाखोस भएको हो ।

संस्थापन इतर पक्षधरका पार्षदहरु धेरै भएको र आफना पार्षदहरुको नाम काटिएको संस्थापन पक्षधरको अरोप छ । यही विषयमा लिएर दुई पक्षधरबीच माइक खोसाखोस भएको अधिवेशनमा सहभागी एक पत्रकारले बताए ।

‘संस्थापन इतरका साथीहरुले मनमौजी रुपमा पार्षदहरु हाल्ने, फाल्ने गरेको देखियो । त्यही कुरामा विवाद हुने क्रममा हुम्लाका एक प्रतिनिधिले माइक नै चुडाइँ दिएका छन्,’ उनले भने ।

कार्यक्रममा बिवाद हुँनुको प्रखुख कारण भने प्रमुख अतिथीको विषयलाई लिएको भएको कार्यक्रममा सहभागी अर्का पत्रकारले बताए । संस्थापन इतर पक्षले प्रमुख अतिथिका रुपमा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई बोलाइएको थियो । तर संस्थापन पक्षले कुनै पनि प्रोटफोलियो नभएका रिजाललाई प्रमुख अतिथि बनाउँन नुहँने भन्दै दुई तीन दिन अगाडी देखि नै विरोध गर्दै आएको थियो।

कर्णालीका मुख्यमन्त्रीसमेत रहेका काँग्रेस कार्यसम्पादन समितीका सदस्य जीवन बहादुर शाहीलाई नै प्रमुख अतिथि बनाउँनु पर्ने संस्थापन पक्षको अडान थियो। तर संस्थापन इतरले त्यसो नगरेपछि पार्षदको विषयलाई उचालेर विवाद सृजना भएको सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता हृदयराम थानीलगायत सहभागिता थियो । उनीहरुकै अगाडि दुई पक्षबीच माइक खोसाखोस भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय