Trending

प्रदर्शनः ट्राफिक एफएमबाट अपडेट भएर मात्रै आज सवारी चलाउन आग्रह

650Views
0 Shares

काठमाडौं । आज हुने प्रदर्शनका कारण काठमाडौंको ट्राफिक अस्तब्यस्त हुने भएको छ। जसका कारण काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ।

मङ्सिर ७ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल ब्यावसायी दुर्गा प्रसाईको समूहले र्‍याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने ट्राफिक कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ।एम ९५।५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय