पेप्सीकोलामा ४ सवारीसाधन दुर्घटनामा,१० जना घाइते
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १७ भदौ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिदा कम्तीमा १० जना घाइते भएका छन् । आज बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर,बाइक र जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन् ।
जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ । सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
१ वर्ष अगाडि
१ वर्ष अगाडि
ताजा समाचार, प्रदेश नं २, समाचार
मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै। २ हप्ता अगाडिताजा समाचार, प्रवास, बागमती प्रदेश, लेख-बिचार, लोकप्रिय, समाचार
चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर १ वर्ष अगाडि