दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
दार्चुला, ८ असार । दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान सर्पले टोकेपछि परीवारले बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको बताइएको छ ।
उनलाई घरको कोठाभित्र सर्पले टोकेको थियो । उनी हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि