Trending

ट्रयाक्टर दुर्घटनाः पाँच जनाको मृत्यु, आठ घाइते

815Views
0 Shares

काठमाडौं । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। गएराति साढे १० बजेको समयमा आठबीस नगरपालिका१० को इजाखोला नजिक रा १ त १४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकै गाउँका पाँच जनाको ज्यान गएको हो।

आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ। दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्।

आठबीसकोट नगरपालिकाको राडिबाट घर्ती गाउँ जाँदै गरेको ट्याक्टर घुम्ती सडकमा मोड्न खोज्दा दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको गएराति नै उद्धार गरिएको छ।

दुर्घटनामा परेकाहरूलाई उद्धार गरेर आठबीसकोटमा रहेको अस्पताल लगिएकोमा उपचाररत घाइते ८ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय