• Home
  • समाचार
  • महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरू, चार खेल हुँदै
Image

महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरू, चार खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरू हुँदैछ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुने भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्दैछन्।

खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।त्यस्तै, साढे ९ बजे नै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिड्दैछन् । खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबीच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन् । पुस ६ गते बिहीबारबाट सुरु हुने प्रतियोगिता पहिलो पटक क्यानले राउण्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो । आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबीच ३१ डिसेम्बर अर्थात पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबीच इलिमिनेटर हुनेछ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *