झापामा मोटरसाइकल ठोक्किँदा दुई जना चालकको ज्यान गयो : दुई जना घाइते
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाण्डाै – झापामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।
विर्तामोड नगरपालिका–२ बेलडाँगीमा मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरका मोटरसाइकल ठोक्किँदा चालकहरु बाह्रदशी गाउँपालिका–२ का २५ वर्षका अनिस साउदेन र बाह्रदशी गाउँपालिका–६ का ४३ वर्षका भोलाराज भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भुजेलको श्रीमती ४२ वर्षकी चन्द्रकला, छोरी ९ वर्षकी प्रशना घाइते भएका छन् । घाइते चन्द्रकला र प्रशनाको उपचारका लागि बी एन्ड सी पठाएकोमा थप उपचारको लागी विर्तासिटी अस्पताल लगिएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि