Trending

श्रीलङ्कामा इन्धनको मूल्य घट्यो : गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै पनि दोब्बर

865Views
0 Shares

श्रीलङ्काले इन्धनको मूल्य घटाएको छ । विश्व बैंकले यसवर्ष अर्थतन्त्र ९ दशमलव २ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त देश श्रीलङ्काले इन्धनको मूल्य घटाएको हो । त्यहाँको ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ कायम गरेको छ ।

घटेको मूल्य गएरातिदेखि नै लागू भएको समाचार संस्था एएफपीले जनाएको छ । तर नियमित पेट्रोलको मूल्य गएको वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ । डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ ।

श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा उपभोक्ताले हप्तौँ लाइन बस्नुपरेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्नलगायतका सामानमा अत्यधिक मूल्यवृद्धिपछि प्रदर्शन चर्किएको थियो ।

तत्कालीन राष्ट्रपति गोटबाया राजापक्षेले जुलाईमा पद त्याग गरी देश छोड्नुपरेको थियो । अहिले इन्धनको समस्या केही समाधान भए पनि गाडी भाडा, अन्य सेवा र सामानहरूको बढ्दो मूल्य उस्तै छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि श्रीलङ्कामा २ अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय