For Youtvnepal long gif
  • Home
  • प्रदेश नं २
  • जनकपुरको राजदेवी मन्दिरमा यसपाली २ दिन खोईच भराई, चढाउने प्रतिबोका टिकट २०० रुपैया
Image

जनकपुरको राजदेवी मन्दिरमा यसपाली २ दिन खोईच भराई, चढाउने प्रतिबोका टिकट २०० रुपैया

जनकपुरधाम। जनकपुरको प्रसिद्ध मन्दिर ( माता ) राजादेवीमा यसपाली पनि दुई दिन खोईच भराई कार्यक्रम हुने आयोजक समितिले जानकारी छ ।

प्राचीन मिथिलाका राजा जनककी कूलदेवी मानिएको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रत्येक वर्ष हुँदै आएको विशेष पूजा तथा अन्य कार्यक्रमहरु यसपाली पनि निरन्तरता दिइएको छ ।आयोजक महावीर युवा कमिटिका अध्यक्ष बलराम साहका अनुसार बोकाबली ९खँसी चढाउने कार्यक्रम० को लागि प्रति टाउको २०० रुपैयाँ रहेको बताए ।

गतवर्ष गुठी सँस्थानले खँसी चढाउने र त्यसको टाउको वापत लिँदै आएको प्रति खँसीको दर रु.२०० रुपैयाँ नै रहेको र यस वर्ष पनि २०० रुपैयाँ नै छन् । गुठी सँस्थानले बोकाबलीको लागि आवश्यक पर्ने रसिद काटने कार्य सुरु गरेको छ । राजदेवीमा असोज २६ गते मँगलबारका दिन माता राजदेवीको भव्य श्रृँगार गर्ने कार्यक्रम रहेको छ । पूजनविधी र तिथि अनुसार सप्तमी तिथिको दिन राजदेवीमा भव्य श्रृँगार गरिन्छ । जसमा सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक सँस्थान, मठ मन्दिरका प्रतिनीधिहरुको धेरै सख्याँमा उपस्थिति रहन्छ ।

कलेण्डर अनुसार यसपाली षष्ठी तिथि र सप्तमी तिथि एकैदिन परेको छ । सोही तिथिमा माता राजदेवीको भव्य श्रृँगारको कार्यक्रम रहेको छ । अहिले प्रत्येक दिन राजदेवी मन्दिरको प्राँगनमा जागरण, धार्मिकता र मौलिकताले भरिपूर्ण कार्यक्रमहरु हुँदै आएको छ । आयोजक महावीर युवा कमिटीका अध्यक्ष साहका अनुसार, राजदेवीमा प्रत्येक बर्षझैँ यसबर्ष पनि अष्टमी तिथिको दिन बोकाबली हुनेछ । साँझ ७ बजेदेखि सुरु हुने बोकाबलीको लागि अन्य व्यवस्थापन सुरु गरिएको हो ।

त्यसअघि राजदेवीमा प्रसाद चढाउने कार्य ९लड्डु चढाई० कार्यक्रम पनि अष्टमीको विहानैदेखि हुने जनाइएको छ । हुनतः प्रत्येक दिन नै प्रसाद चढने राजदेवीमा सप्तमीको राती १२ बजे अर्थात अष्टमीको बिहान १२ बजेदेखि भव्य र विशेष रुपले प्रसाद चढाउने मान्यता अनुसार हजारौँको सँख्यामा दर्शालुहरु आउने गरिन्छ । रातीदेखि नै लाईनमा लाग्ने हजारौ दर्शालुहरुको लड्डु चढाउनको लागि जनकपुरको मिल्स एरियासम्म करिब १ किलोमिटरभन्दा बढीको लाईन लागेको हुन्छ । प्रसाद चढाई अन्य दिन पनि हुने गर्छन् ।

राजदेवीमा गत बर्ष कोरोनाको कारण बोकाबली नहुने हल्लाकोबीच ८ हजार बढी बोकाबली भएको थियो । यसपाली बोकाबलीको सँख्या बढने अध्यक्ष साहले जानकारी दिए ।

Related Posts

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ३ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ३ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *